वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
परीचय :
नेपालको राजधानी काठमाण्डौ देखी १३३ कि.मी पुर्व दोलखा जिल्लाको सदरमुकाममा अस्पताल २०३१ सालमा दोलखा हेल्थ सेन्टरको नामबाट सञ्चालन हुदै आ.व.२०६५/०६६ मा प्राथमिक स्वास्थ्य सेवा केन्द्रको रुपमा २०७२ माघ महिना सम्म सञ्चालनमा आएको थियो । २०७२ सालको महा भुकम्प पश्यात २०७२ श्रावण महना देखी मंसिर महिना सम्म ःक्ँ बेल्जयिम र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समजदारीमा सल्यकृया सहीतको ईमरजेन्सी सञ्चालन गरेको थियो ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालय र न्यायहेल्थ नेपाल बिच मिति २०७२ साल माघ ५ गते चरीकोट अस्पताल सञ्चालन सम्बन्धमा भएको दुई पक्षिय सम्झौता अनुसार यस प्राथमिक स्वास्थ्य केन्द्र लाई अपग्रेड गरी ५० बेडको चरीकोट अस्पताल सञ्चालन सबै सेवा हरु नि ः शुल्क दिने गरी मिति २०७२/१०/१० गते देखि न्याय हेल्थ नेपालले सेवा सञ्चालन गरेको थियो । सम्झौतामा १० बर्ष भएता पनि न्याय हेल् थको आर्थिक समस्याले गर्दा १० बर्ष पुरा अवधि नपुगि मिती २०७७ साल कार्तिक १५ गते देखि न्याय हेल्थ नेपाल बाहीरीएको थियो ।
न्याय हेल्थ नेपालको बहिरगमन पछी भिमेश्वर नगरपालिका दोलखाको व्यवस्थापनमा मिति २०७७/७/१६ देखी मिति २०७७/११/१४ गते सम्म यस अस्पतालले निःशुल्करुपमा सेवा सञ्चालन गरेको थियो ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयको मिति २०७७/८/१८ गतेको निर्णय अनुसार यस अस्पतालको व्यवस्थापन बागमती प्रदेशले गर्ने निर्णय भएको थियो ।
सामाजिक बिकाश मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७७/११/१३ गतेको मन्त्रीस्तरको नर्णय अनुसार यस चरीकोट अस्पताल प्रदेश सरकार अन्तगत रहने गरी ५० शैयाको सैदान्तिक स्वीकृत अनुसार सञ्चानमा आएको छ ।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौडाको मिति २०७८/११/५ गते को निर्णय र राजपत्रमा प्रकाशित सुचना अनुसार चरीकोट अस्पतालको नाम परीवर्तन गरी पशुपति चौलागाई स्मृति अस्पताल नाम परीवर्तन भई हाल पशुपति चौलागाई स्मृति अस्पतालको नामबाट सञ्चालन भई रहेको छ ।
करीव १८ रोपनी क्षेत्रफलमा रहेको यस अस्पतालको आफ्नै ४ वटा भवनहरु रहेका ५८ वटा कोठाबाट बिरामीहरु लाई सेवा प्रदान गदै आएको छ । २ वटा भवनहरु निर्माण सम्पन्न भएकाे छ भने सञ्चालनकाे तैयारीमा छन् ।